मधुकर पाण्डे
नेपाल प्रतिकुल परिस्थितिबाट गुज्रिएको बेला अब देश श्रीलंका हुनै लाग्यो भन्दै जनता त्राहिराम भएको घडिमा डा महत सरकारको अर्थ मन्त्री बन्न आउनुभयो । उहाँ आउना साथ बजेट बनाउन डेड महिना तल्लिन हुनु भयो केही नयाँ सह सचिबहरु राखेर बजेट बनाउनु भयो र समग्रमा बजेट राम्रो आयो ।
ओली सरकार र जनार्दन शर्माले ओरालो लगाएको अर्थ तन्त्र जोगाइ ट्र्याकमा ल्याउन मन्त्री महत ज्यु ले गरेको मेहनत खेर गएन दिन रातको कडा मेहेनत पश्चात आएको बजेटमा नुवाकोट जिल्लालाई गर्नुभएको संमानलाई हामी नुवाकोटका जनताले उहाँलाई धन्यवाद दिनै पर्छ र आगामी दिनमा पनि दुबै तर्फ सहयोग आदान प्रदान हुनुपर्छ । चुनाबमा उठाउने र जिताउने नुवाकोट बासिको पहिलो कर्तव्य हो यो बोध हुन पर्छ । कस्का लागि हामि नुवाकोट कै जनताको लागि हो ।
माननिय अर्थमन्त्री डा प्रकशशरण महत ज्युले देश यस्तो आर्थिक समस्यामा हुँदा समेत जन्मभूमिको लागि इतिहासमा सबै भन्दा बढी बजेट नुवाकोट लानु भएको कुरा कसैले पनि नकार्न नसक्ला। पासाङ ल्हामु राजमार्गको लागि उहाले गर्नु भएको योगदान हामी ककनिबासी एवम बेलकोट विदुरबासिको मानसपटबाट कहिलै मेटिने छैन । अब बेलकोट विदुर रसुवा जहाँ जहाँ छुन्छ त्यहाँको पनि बजेट व्यवस्था गरिसक्नु भएको छ ।
छहरे टोखा १० वर्ष कथा बन्यो आज यथार्थ बनेको छ । हरेक वडामा केन्द्रको बजेटले छोएको छ । तिनपिप्ले गल्छी , लब्धु , समुन्द्रटार, गंगटे। घलेभञ्ज्याङ सम्मको बाटो। गल्छी मैलुङ बाटो, केही जलविद्युत आयोजना, गुम्बा, मन्दिर एवम पर्यटनको निम्ति बजेट कस्ले राखेको हो त ? वैकल्पिक राजमार्ग मध्य नेपाल भरिकै सबैभन्दा बढी बजेट कस्ले राख्यो। नुवाकोमा बजेट धेरै भयो भनेर देश नै आतिएको हैन र ?
एक महिना अगी रानीपौवा सम्म बन्ने भनेको बाटो आज पूरा बन्ने भयो कस्को देन हो यो ?
के यो चै महत्त्व पुर्ण उपलब्धि हैन ? अर्थ मन्त्री भएको यति छोटो समयमा नुवाकोटमा उहाले गरेको काम अदितिय छ । जुन काम अरुले गर्न सक्ने न हिम्मत छ न इच्छा छ न जागर न जानेको छ्न् । अझै नुवाकोटका केही ब्याक्ती जस दिनुको सट्टामा खोइरो खनेर लागेको छ्न । हाम्रो नुवाकोट बाट सदनमा दमदार प्रस्तुति दिने पुर्ब अर्थ मन्त्री पुर्ब मन्त्री अर्जुन नर्सिङ केसी र उहाँ आफै प्रख्यात नेता हुन दुइ नेता अब ८४ पछि लगभग बिदा बस्ने अबस्था हुनुहुन्छ ।
अब डा प्रकास शरण महत नै केन्द्रको प्रखर नेता हुन उन्लाइ हामी नुवाकोट बासिले चुनाब जिताएर भाबि प्रधानमन्त्रीको दाबेदार बनाउनु पैलो कर्तव्य हुने छ ।


