Banijya News

सेयर बजारको गिरावट केही समयमा नै सकिने र सुधारको बाटोमा आउनेछ : अर्थमन्त्री डा.महत

1
1.1K Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा अहिले देखिएको गिरावट अस्थायी भएको र केही समयमा नै बजारमा सुधार आउने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा मन्त्री डा. महतले देशको अर्थतन्त्र सुधारको बाटोमा रहेका कारण सेयर बजारमा देखिएको गिरावट केही समयमा नै सकिने र सुधारको बाटोमा जाने बताएका हुन् । आर्थिक गतिविधि बढ्दै जाँदा सेयर बजारमा सुधार हुने दाबी गरे ।

उनले सेयर कारोवारमा कोही पनि अनुचित रुपमा नठगिउन, केही व्यत्तिले सेयर कारोवारलाई म्यानुपुलेसन गर्न नपाउन, केही व्यक्तिले भित्री कारोवार गर्न नपाउन, सूचना लिक गरेर कसैलाई पनि प्रभावित नपारुन भनेर सरकार सदैव सचेत रहेको बताए । भित्री कारोवार गर्ने जो कोहीलाई पनि सरकारले नै निगरानी गरिरहेको मन्त्री महतको भनाइ छ ।
सेयर बजारमा सबैखाले नागरिकले आफ्नो हैसियत अनुसार पुँजी कति छ त्यसको आधारमा लगानी गर्न पाउने र त्यसको छुट सबैलाई रहेको उनको तर्क छ ।

‘शिक्षक, इन्जियनर, जुनसुकै पेशमा भएर पनि सेयर बजारमा लगानी गर्न सकिन्छ’ उनले भने ‘कतिले पूर्णकालिन कारोवार गर्छन । त्यहाँबाट केही आम्दानी हुन्छ की भन्ने हुन्छ ।’

सेयर बजार घटबढ हुँदा लगानीकर्ताले आत्महत्या जस्ता निर्णय लिन नहुने उनको भनाइ छ । लगानीकर्ताको लगानी नडुबोस भन्नेमा सरकार सचेत रहेको बताए । अहिले प्रविधिमा आएको विकासका कारण सेयर बजारमा जहाँबाट सूचनाका आधारमा कारोवार गर्न सकिने उनको बताए ।

1

Scroll to Top