Banijya News

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

1
1.1K Shares

इजरायलबाट नेपाल फर्कन २ सय जनाले नेपाली राजदुतावासमा आवेदन दिएका छन् । अन्तर्रािष्ट्रय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री साउदले प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा इजरायलमा रहेका नेपालीबारे जानकारी गराउँदै स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।

इजरायलमा ४५ सय केयर गिभर र २६५ विद्यार्थी रहेकामा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा परेर १० जनाको निधन भएको उनको भनाइ छ। आक्रमणमा परेका चार जनाको उपचार भइरहेको र एक जनाको अवस्था पहिचान नभएको उनले बताए। शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएको र नेपाल आउन इच्छुकका लागि सुरक्षित रुपमा नेपाल ल्याउने तयारी रहेको उनले सुनाए ।

संघीय संसद् बैठकमा पनि सांसदहरुले इजरायलमा असुरक्षित रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।

1

Scroll to Top