Banijya News

अस्ट्रेलियाले डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

1
1.1K Shares

अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
अस्ट्रेलियाका स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको मूल उद्देश्य बढ्दै गएको भ्यापिङ प्रयोग वृद्धिलाई उल्ट्याउनु रहेको बताए ।
लामो समय देखि धूम्रपान गर्नेहरूलाई छोड्न सहयोग गर्न सरकारहरूलाई भेपिङ बिक्री गरिएको भए पनि १४ देखी १७ वर्षका प्रत्येक सात बालबालिकामा एक जनाले प्रयोग गर्ने गरेको सरकारले एक विज्ञप्तिमा बताएको छ ।
सरकारले अस्ट्रेलियामा डिस्पोजेबल भेपको उत्पादन, विज्ञापन वा आपूर्तिलाई गैरकानूनी घोषणा गर्नका लागि सन् २०२४ मा कानून पनि ल्याइने बताएको छ ।

भेपमाथिको आयात प्रतिबन्धलाई अस्ट्रेलियाली मेडिकल एसोसिएसनले स्वागत गरेको छ । एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले भने, ‘अस्ट्रेलिया धूम्रपानको दर र त्यसपछि हुने स्वास्थ्य हानिलाई कम गर्न विश्वमा अग्रणी रहेको छ, त्यसैले भेपिङलाई रोक्न र भविष्यको हानिलाई रोक्नका लागि सरकारको निर्णायक कदम अत्यन्त स्वागतयोग्य छ,।

1

Scroll to Top