Banijya News

ज्योति विकास बैंकको सिइओमा ढकाल नियुक्त

1
1.1K Shares

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो ।

यस अघि एनआईसी एशिया बैंकमा एसिइओ रहेका उनलाई सिइओ बनाउने सर्तमै सिनियर डेपुटी सिइओका रुपमा ज्योति बिकास बैंकमा ल्याइएको थियो । त्यसको केही समय पछि उनलाई सिइओमा नियुक्त गरिएको हो । सिए पनि रहेका ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।

एनआईसीमा जानु अघि ढकाल हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। हाम्रो विकास बैंक र ज्योति विकास बैंकमा मर्जरमा जाने भएपछि उनले बैंक छोडेका थिए ।

1

Scroll to Top