Banijya News

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

1
1.1K Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । हाल पौडेल भन्सार विभागका महानिर्देशक रहेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।
पौडेलले नेप्सेको अध्यक्षको जिम्मेवारी पाएको बताए ।

उनले भने, ‘अर्थमन्त्रालयबाट नेप्सेमा सहसचिव जाने व्यवस्था रहेको छ । त्यसैअनुसार अतिरिक्त जिम्मेवारी पाएको हुँ । आज बेलुका नेप्सेको अध्यक्षको रुपमा पदबहाल गर्नेछु ।’

पौडेल यसभन्दा पहिले धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका छन् ।

 

1

Scroll to Top