साताको चौथो दिन (बुधबार)छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ । हिजो छापावाल सुन तोलाको १ लाख १६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ३ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य १ लाख १५ हजार ७५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।


