वित्तीय प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ झिक्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न थालेको हो ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै उक्त बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाले आज(बिहिबार) दिउँसो २ बजेसम्म आवेदन खुल्ला गरिएको छ ।आज नै राष्ट्र बैंकले निक्षेप संकलन बिक्री गर्ने जनाएको छ ।
पछिल्लो समय कर्जाको माग नहुँदा पैसा बैंकिङ प्रणालीमा थुप्रिन थालेपछि राष्ट्र बैंकले पटक पटक रिभर्स रिपोमार्फत पैसा खिच्दै आएको छ ।
अपेक्षित रूपमा कर्जा प्रवाह नबढेको र निक्षेप थपिने क्रम नरोकिएपछि तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले बजारबाट पैसा तानिरहेको छ । राष्ट्र बैंकका अनुसार हालसम्म निक्षेप संकलन बोलकबोलमार्फत बजारबाट तानेकोमध्ये करिब ७० अर्ब रुपैयाँ अहिलेपनि लगानीमा (आउटस्ट्यान्डिङ) रहेको छ ।
बजारमा पैसा थपिने क्रम नरोकिादा अन्तरबैंक दर २ प्रतिशतभन्दा तल झर्न थालेपछि ब्याजदरमा स्थायित्व कायम गर्न बजारबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।


