तपाई तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? आउनुस् कति रहेछ आज को तरकारीको मल्यू बुझेर जाउँ ।
साताको पहिलो दिन (आइतबार) कालीमाटी तरकारी तथा फलफूल व्यवस्थापन विभागले तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
आज सबैभन्दा बढी मूल्य भएको कुरीलो प्रतिकिलो १ हजार ३०० रुपैयाँ तोकिएको छ । यसैगरी,शनिबार १२० देखि १४० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको मटरकोशाको मूल्य आइतबार १ सयदेखि १२० रूपैयाँ कायम भएको छ।
यस्तै, नेपाली ठूलो गोलभेडाको मूल्य ५० देखि ६० रूपैयाँ प्रतिकिलो रहँदा भारतीय गोलभेडाको भाउ प्रतिकिलो ८० देखि ९० रूपैयाँ तोकिएको छ।
आज भारतीय रातो आलु प्रतिकिलो ४ रूपैयाँले बढेर ३२ रुपैयाँ पुगेको छ । भन,े नेपाली रातो आलुको भाउ ३४ देखि ३८ रूपैँया प्रतिकिलो छ।
भारतीय सुकेको प्याज १३५ देखि १४५ रूपैयाँ प्रतिकिलो, काउली ३० देखि ३५ रूपैयाँ, रातो मुला १५ देखि २० रूपैयाँ, घिरौला ९० देखि १०० रूपैयाँ, भिण्डी १०० देखि १२० रूपैयाँ, पिँडालु ५० देखि ६० रूपैयाँ, रायो साग ३० देखि ४० रूपैयाँ, पालुँगो, चम्सुर र मेथीको साग १०० देखि ११० रूपैयाँ प्रतिकिलो छ।


