तारागाउँ रिजेन्सी होटेलले लाभासं पारित गर्न साधारणसभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न होटलले साधारण सभा बोलाएको हो।
उत्त साधारणसभा पुस २४ गते बिहान ११ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा हुने भएको छ ।
यसअघि बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार सेयरधनीलाई ११ प्रतिशत नगद र ४ प्रतिशत सेयर बोनस दिने निर्णय साधारणसभाले पारित गर्ने भएको छ । त्यस्तै गत आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान हिसाब, वासलात, लेखा परीक्षण प्रतिवेदन पनि साधारणसभाले पारित गर्नेछ ।
वार्षिक साधारणसभाका लागि कम्पनीले पुस १२ गतेका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


