तपाई तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? आजको तरकारीको मूल्य कति छ बुझेर जानुस् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज कुरिलो प्रतिकिलो १०५० रुपैयाँ तोकेको छ । त्यसैगरी सुकेको (भारतीय )प्याज किलो १४५ रुपैयाँ रहेको छ । त्यस्तै, गोलभेँडा ठूलो ७० रुपैयाँ , भण्टा ४० रुपैयाँ किलो, हरियो खुर्सानी ४५ रुपैयाँ, आलु रातो ३६, स्कुसको १५ रुपैयाँ किलो निर्धारण भएको समितिले जनाएको हो ।



