एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता (१४ करोड १० लाख रुपैयाँ) साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनका लागि प्रत्याभूति व्यवस्थापकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले पुस १७ गते एक कार्यक्रमकाबिच सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको हो ।
कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।
यस कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिति २०७५ साल श्रावण २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको छ ।


