Banijya News

व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

1
1.2K Shares

आफूलाई राजावादी अभियन्ता भन्ने व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका उनीमाथि हातपात भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डीएसपी मदन केसीले शिलापत्रसँग भने, ‘कार्यक्रमको मञ्चमा जानेक्रममा उहाँ (प्रसाईं) माथि हातपातको प्रयास भएको हो । हामीले एक जनालाई नियन्त्रणमा लिएका छौँ ।’

प्रहरीका अनुसार बागलुङ नगरपालिका ७ का रामकान्त गौतमले प्रसाईंमाथि हातपात गरेका हुन् । डीएसपी केसीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

1

Scroll to Top