नेपाल दूरसञ्चार प्राधिकरणको रित्त अध्यक्ष पदका लागि २०७५ सालमा तत्कालीन नेकपा सरकारले इच्छुकका लागि आवेदन माग गर्ने भयो । त्यस समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए हालका मुख्य सचिब डा. बैंकुण्ठ अर्याल । आवेदन माग्न गर्ने तयारी गरिएको शैक्षिक योग्यता र कार्यअनुभवलाई हेरेर उनले आपत्ति जनाए । त्यसको एकै कारण थियो प्राधिकरण जस्तो सस्थाको अध्यक्ष बन्नको लागि स्नाताक मात्र पास गरेको र केही बर्षको अनुभव हासिल गरेको भए पुग्ने । अर्यालले तत्काल आपत्ति जनाए । उनको आपत्ति थियो प्राधिकरण जस्तो सस्थामा मात्र स्नातक गरेको नभै स्नातकोत्तर तर पास गरेको हुनुपर्छ । सचिवले आपत्ति जनाएपछि रातारात योग्यता सच्याईयो र आवेदन मागियो । यतिखेर फेरि प्राधिकरणमा अध्यक्ष पद खाली भएको छ । पूर्तीको लागि नयाँ आवेदन मागेर पनि प्रतिस्पर्धीको नाम आएको छ ।
समय परिवर्तन भयो । हिजो संचार मन्त्रालयको नेतृत्व गर्ने सचिव आज मुख्य सचिव भए । देशमा स्थाई सरकार भनिने कर्मचरी तन्त्रको वागडोर उनै सचिव अर्यालले आज समल्दै आएका छन् । उनकै पालमा फेरि आज प्रधिकरणमा कार्यकारी अध्यक्ष माग गरिएको छ । दरखास्त दिनको लागि ‘मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धीत क्षेत्रमा १० वर्षको अनुभव भएको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको ब्यक्ति हुनुपर्नेछ ।’ भनिएको छ । यसैगरी सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव भएका व्यक्तिलाई आवेदन दिन भनिएको छ ।
यसको मतलव यतिखेर फेरि योग्यता सच्याएर स्नातक पास गर्नेलाई मिल्ने गरी कार्यविधी बनाइएको जनकार बताउँछन् । यतिमात्र होइन पाधिकरणमा भएको कार्यकारीलाई हतारमा राजिनामा गर्न लगाएर फेरि योग्यता र समय सच्याएर अध्यक्षको पदका लागि आवेदन माग गरिएको हो । तत्कालीन अध्यक्ष पुरूषोत्तम खनालले राजीनामा दिएसँगै मन्त्रालयले माघ १४ गते दरखास्त आह्वान गरेको थियो । उनी पनि नेपाल टेलिकमका कार्यकारी प्रमुख सुनिल पौडेल, सचिव मघु मरासिनीहरुसँगै अनुसन्धानमा पर्ने भएपछि हतारमा राजिनामा गराएर नयाँ कार्यकारी अध्यक्ष माग गरिएको हो ।
२०७५ सालमा तत्कालीन नेकपा सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा विवादास्पद छविका दिगम्बर झालाई नियुक्त गरेपछि पार्टीभित्रै केपी होली नेतृत्वको चर्काे आलोचना भएको थियो । आलोचना भएपछि झाले राजीनामा दिएका थिए । त्यसपछि प्राधिकरणको कार्यबाहक अध्यक्ष हुन झा पक्षधरका कनिष्ठ निर्देशक पुरुषोतम खनाल मन्त्रालय धाएका थिए । पुरुषोतम प्राधिकरणको कार्यबाहक अध्यक्ष हुन पटक–पटक मन्त्रालय धाएपछि तत्कालीन सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालयमा सूचना प्रविधि विज्ञका रुपमा काजमा तानेर खनाललाई कार्यबहाक अध्यक्ष बनाएका थिए । उनलाई पनि अख्तियारले तान्ने तयारी गरेको समय उनलाई राजिनामा गराइएर नयाँ कार्यकारी अध्यक्षको लागि सूचना सार्वजनिक गरिएको हो ।
त्यतिमात्रै होइन पुरुषोत्तम खनाललाई नै प्राधिकरणमा कार्यवाहक अध्यक्ष रहने कानुनी व्यवस्था मिलाउनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दूरसञ्चार नियमावली संशोधन गरेको थियो, जसमा कानुन मन्त्रालयलेसमेत सकारात्मक राय पठाएर साथ दिएको थियो । त्यसपछि र २०७६ साल साउन ९ गते केपी ओली नेतृत्वको तत्कालीन सरकारको मन्त्रिपरिषद्को बैठकबाट पुरुषोत्तम खनाललाई प्राधिकरणको अध्यक्ष नियुक्त गरिएको थियो । त्यसअघि उनी माघ २५ गते प्राधिकरणको कार्यवाहक अध्यक्षको रुपमा नियुक्त भएका थिए ।
यतिखेर पनि कमर्चारी माग गर्दा ‘योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १४ गते) ले सात दिन भित्र आवेदन दिन सकिनेछ’ भनिएको छ । कतिसम्म भने लोकसेवाको मापदण्डमा कर्मचारी माग गर्ने समय कम्तिमा १५ वा २१ दिन हुनपर्नेमा सात दिनको म्याद राखेर कर्मचारी माग गरिएको छ । यसले प्राधिकरणमा निष्पक्ष प्रतिस्पर्धाको आधारमा अध्यक्ष आउनेमा प्रश्न उठन थालेको छ । प्राधिकरण भित्रकै कर्मचारी मिलेमतोमा अध्यक्ष ल्याउन लागिएको भन्दै विरोध गर्न थालेका छन् । हिजो अर्याल आफै सचिव हुँदा स्नातकोत्तर तहको माग हुने र आज स्नातक मात्र हुने परम्परा कसरी बन्र्यो कर्मचारी प्रश्न गर्न थालेका छन् । एक कर्मचारीले आफ्नो पहिचान नखुलाउने शर्तमा भने–‘आफूहँदा चै रोक्ने हाल चै हुन्छ भन्ने यो कहाँको योग्यताको मापदण्ड हो ।’ उनी अगाडि थप्छन्– सातै दिनमा किन अध्यक्ष चाहियो ? कम्तिमा २१ दिन पर्खन के ले रोक्र्यो ?’
यतिमात्र होइन प्रधिकरणको उमेद हद पनि बढा गजबले तोकिएको ति कर्मचारी बताउँछन् । समान्यता कुनैपनि नियमन निकाएको कार्यकारी अध्यक्षमा ४५ देखि ५५ बर्ष उपयुक्त हो । कर्मचारी नियमावलीले ५८ बर्षमा पदाधिकारी अनिवार्य अवकाश हुने परिकाल्पना गरेको छ । सर्जन डाक्टर लगायत केही सिमित कोटाहरुमा मात्र ६४ बर्षसम्मा सेवा गर्न पाउँने प्रावधान रहेको छ । यस्लाई समेत कुल्चेर प्राधिकरणको कार्यकारी अध्यक्ष माग गरिएकोमा कर्मचारी आफै आश्चर्यमा परेको बताउँछन् । उनीहरुको मन्त्रालयमा को अध्यक्ष पठाउँने भन्ने भित्री गोप्य सहमति भएर यस्तो खालको मापदण्ड बनाइएको दाबी गर्छन् ।
यसैबीच प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार आवेदनको अन्तिम दिनसम्मा सो आवेदन परेको हो । सञ्चार मन्त्रालयका सहप्रवक्ता विशाल सापकोटाले २५ जनाबीचमा प्रतिस्पर्धा हुने जानकारी दिए । आवेदन दिनेमा, सुशील ओझा, रामदेव यादव, भुपेन्द्र भण्डारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, पंकज कुमार दास, कमलप्रसाद खनाल, डोलेन्द्रप्रसाद शर्मा, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर, नवीन जीसी, शैलेन्द्र गिरी रहेका छन् ।
त्यस्तै, श्रीकृष्ण सुवेदी, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, गिरेन्द्रराज अधिकारी, अनिल झा, दामोदर रेग्मी, माधवप्रसाद रेग्मी लगायतका छन् । यि मध्ये मन्त्रालयले सर्टलिस्ट गरी मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले विजनेश प्लान र अन्तरवार्ताबाट छनोट हुने ३ जना क्याबिनेटमा जाने बताए ।


