Banijya News

घरेलु उद्योगमा ४५ अर्ब लगानी हुँदा तीन लाखले पाए रोजगारी

1
1.1K Shares

मोरङ  जिल्लामा साना तथा घरेलु उद्योग संघअन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा रु ४५ अर्ब लगानी हुनाका साथै ३ लाखले रोजगारी पाएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले उक्त जानकारी दिएका हुन ।
अधिवेशनमा जिल्लामा उत्पादित कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न वस्तुहरु, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित एक दिवसीय प्रदर्शनीको आयोजना गरिने छ ।

अध्यक्ष निरौलाले जिल्लाका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत रु ५ लाख, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र काठमाडौं मार्फत अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा रु २० लाख उपलव्ध गराएको जानकारी दिए ।

1

Scroll to Top