Banijya News

प्रधानमन्त्री दाहाललाई रास्वपाले विश्वासको मत दिने

1
1.1K Shares

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

पार्टीको आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको हो । २१ सांसद रहेको रास्वपा चार मन्त्रालयसहित हालको सरकारमा पनि सहभागी रहेको छ ।

पार्टीले सबै सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको हो । प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

 

1

Scroll to Top