नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा खुला हुने भएका छन् । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुवै निकायले सञ्चालन गरिरहेका पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ ।
नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्पले २४ सै घण्टा सेवा दिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


