Banijya News

शिखर इन्सुरेन्सको नाफा ३९ करोेड, प्रमुख सूचक कस्ता छन् ?

1
1.1K Shares

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्सुरेन्सको खुद नाफा २६.२३ प्रतिशतले बढेर ३९ करोेड २ लाख ७३ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बीमाशुल्क तथा कुल आम्दानी बढेको र दाबी भुक्तानी तथा खर्च घटेका कारण कम्पनीको नाफा बढेको वित्तीय विवरणले देखाएको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०७ पैसाले बढेर १९ रुपैयाँ ६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा छ ।

खुद बिमा शुल्क आर्जन बढेसँगै यसको नाफामा वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आर्जन १६.०६ प्रतिशते बढेर १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ९३ करोड १९ लाख ३२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ ।

1

Scroll to Top