महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश कुमार उपाध्याय फेरि अर्को विवादमा परेका छन् । १२ वर्षदेखि बैंकको अध्यक्ष रहेका उपाध्यायले तीन संचालकलाई नै बाइपास गर्दे स्वतन्त्र संचालन नियुक्ती गरेपछि फेरि बिवादमा परेका हुन् । उनको यो कदमको अन्य तीन जाना संचालनले खुलेर विरोध गरेका मात्र छैनन् उनी विरुद्ध नेपाल राष्ट्र बैंकमा समेत उजुरी दिएका छन् । उत्त पत्रको बोधार्थ नेपाल धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई समेत दिइएको छ ।
विकास बैंकको स्वतन्त्र संचालक जस्तो महत्वपूर्ण पदको नियुक्तिमा विधि र प्रकृया विना संस्थागत सुशान समेतलाई गम्भिर असर पार्दे स्वतन्त्र संचालक नियुक्तिको प्रकृया अगाडि बढाइएको भन्दै तीन जना संचालकले गम्भिर आपत्ति र असहमती जनाउँदै राष्ट्र बैक गुहार्न पुगेका हुन् । यसरी राष्ट्र बैकमा उजुरी दिनेमा श्याम सुन्दर रुङ्गटा, दिपक कुमार रौनीयार र रुपेन्द्र पौडल रहेका छन् । उनीहरुले बुधवार नै राष्ट्र बैंकमा कार्यकारी निर्देशकलाई सम्बोधन गर्दे बैंक तथा वित्तिय संस्था रेगुलेशन विभागमा उजुरी दिएका हुन् ।
खाली हुनुभन्दा अगाडिनै स्वतन्त्र संचालक पदमा नयाँ नियुक्ती आफूलाई बहुमत पु¥याउँनको लागि गरिएको भन्दै उजुरी दिएका हुन् । निवेदनमा ‘‘नेपाली आम जनताका रु. ५० अरब भन्दा बढि बचत परिचालन गर्दै नेपालको समग्र बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय स्तरको विकास ‘‘बैंकको हिसाबले एउटा महत्वपूर्ण ठाउँ ओगटेको यस विकास बैंकको स्वतन्त्र संचालक जस्तो महत्वपूर्ण पदको नियुक्तिमा विधि र प्रकृया विना संस्थागत सुशान समेतलाई गम्भिर असर पार्दे स्वतन्त्र संचालक नियुक्तिको प्रकृया अगाडि बढाइएको विषयमा हामी तीन जना संचालकको गम्भिर आपत्ति र असहमती रहेको छ ।’’
उजुरीमा संचालक समितिको मिति २०८२.०३.१३ मा वसेको सचालक समितिको ६२३ औ बैठकमा स्वतन्त्र सचालकको नियुक्ति सम्बन्धमा कुनै औपचारिक प्रस्ताव नरहेको र अनौपचारिक रुपमा समेत यस विषयको पूर्व जानकारी नगराई अध्यक्षले आफू खुशी स्वतन्त्र संचालक नियुक्ती गरिएको भनिएको छ ।
उजृुरीमा तीन जना संचालकको असहमतिका बावजूद अध्यक्षवाट मिति २०८२.०३.२० का दिन एकै घण्टाको विचमा दुई वटा संचालक समितिको बैठक डाक्दै आफू अनुकुलको मनोमानी गरेको भनिएको छ । उक्त दिन विहान ९ बजे स्वतन्त्र संचालक निर्याक्तिको एकल एजेण्डा र अन्य विषयहरु समावेश गरि १० बजे अर्को संचालक समितिको बैठक डाकिएको विषय सस्थागत शुसाशन अनुरुप नरहेको भन्दै अन्य संचालकले विरोध जनाएका हुन् । यस्तो परिवेशमा स्वतन्त्र संचालकको नियुक्ति सम्बन्धि गम्भिर विषय उपरको छलफल उपर विहान ९ बजे बैठक डाक हुंदा उपत्यका बाहिर रहेको भएका संचालक समयमा उक्त बैठकमा सहभागी हुन नसक्ने प्रचुर सम्भावना रहेको विषय जानकारी हुदा हुदै पनि निजलाई बैठकमा सहभागी नगराउने उदेश्यले बैठक डाक गरि एकाएक आफूअनुकुलको निर्णय गराएको आरोप ती संचालनले लगाएका छन् । उजुरीमा संचालक उपत्यका बाहिर भएका कारण प्लेन ढिले भएको हुँदा आफू केही घण्टा ढिलो आउँने भन्ने जानकारी हुँदा हुँदै पनि सामान्य शिष्टाचार अनुसार प्रतिक्षा समेत नगरी बैठक अगाडि बढाएको भनिएको छ ।
अध्यक्षले आफूहरुलाई समेत छलेर एकल अधिकार प्रदान गर्दे स्वतन्त्र संचालक नियुक्ति गरिएको भनिएको छ । निवेदनमा भनिएको छ,–‘‘ एक्कासी समितिको माइन्यूटमा संचालक समितिका अध्यक्षलाई स्वतन्त्र संचालक नियुक्तिका विषयमा एकल अधिकार प्रदान गरिएको विषय समावेस गरि हस्ताक्षरको लागि प्राप्त हुँदा संस्थागत शुसाशन समेत कमजोर बनाउदै अगाडि बढाइएको छ ।’’
निवदेशनमा संचालनकले बैंकले सामना गरिरहेको चुनौती तथा बैंक भित्र पछिल्लो समयमा देखिएका आर्थिक अनियमितता मध्य नजर स्वतन्त्र संचालक निश्चित रुपमा स्वतन्त्र तथा व्यवसायिक हुनुपर्ने अवस्थामा यो कदम आफैमा धातक रहेको बताएका छन् । सम्पूर्ण संचालकको सहमति बेगर गरेको निर्णयले अध्यक्षबाट एकल रुपमा स्वतन्त्र संचालक नियुक्तिको अधिकार प्राप्त हुँदा निश्पक्ष, व्यवसायीक र स्वतन्त्र पदाधिकारीको नियुक्तिमा सम्झौता हुन सक्ने सम्भावना रहेको र यसले समग्रमा बैंकको जोखिम बढ्ने अवस्था रहेको औल्याईएको छ ।
बैंकको मौजूदा व्यवसायीक चुनौतीहरु, बढ्दो जोखीम, बैंकका आन्तरिक लेखा परिक्षकले पछिल्लो समयमा एक पछि अर्को ँबिकज च्भउयचत हरु मार्फत औल्याउदै आएको आर्थिक अनियमितता मध्य नजर निश्पक्ष, व्यवसायीक र स्वतन्व सचालकको नियुक्ति अपरिहार्य रहेको। यसका लागि आवश्यक योग्यता, अनुभव र निश्पक्षता समेत निश्चित हुने विषय समेटी एउटा कार्यविधी बनाई योग्य उम्मेद्वारहरुको सूची खडा गरी सो मध्यबाट समितिवाट छनौट गर्दा उपयुक्त भन्दै छानविन गने भनिएको छ ।


