Banijya News

सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

1
1.2K Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो । विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए। तर, बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको. छ। असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो। यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

1

Scroll to Top