Banijya News

२५ करोड पुग्यो सेयर धितो कर्जा सीमा

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको एकल सीमा वृद्धि गरेको छ। यसअघि व्यक्तिगततर्फ अधिकतम १५ करोड रुपैयाँसम्मको सीमा रहेकोमा अब यसलाई बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको नयाँ मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ताहरूलाई ठूलो राहत पुगेको छ। यस नीतिका कारण अब एक जना व्यक्तिले आफ्नो सेयर धितोमा अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। यसले लगानीकर्ताहरूलाई थप पूँजीमा पहुँच पुर्‍याई बजारमा तरलता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top