Banijya News

अजमेरा फेसनको शोरुम काठमाडौंमा, फ्याक्ट्री रेटमा सामान पाइने

1
1.1K Shares

भारत गुजरातको प्रशिद्ध टेक्सटाइल कम्पनी अजमेरा फेसनले नेपालमा आफ्नो आउटलेट खोलेको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी भवनको तेस्रो तलामा अजमेराको शोरुम खुलेको हो । यहाँबाट ग्राहकले भारतकै फ्याक्ट्री रेटमा सामान प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसमा ढुवानी खर्च र भन्सार महसुल मात्र थपिनेछ ।

कम्पनीले नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रालिलाई तोकेको छ । ब्लक बुल गार्मेन्टकी अध्यक्ष प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन् ।

कम्पनीले नेपाली बजारमा महिलाहरूका लागि साडी, कुर्ता, लेहेँगाका साथै पुरुष र बालबालिकाका लागि सर्टिङ, सुटिङ लगायतका सम्पूर्ण कपडा उपलब्ध गराउनेछ । सबै सामग्री भारतबाट प्रत्यक्ष रुपमा उत्पादन स्थलबाटै ल्याइने ब्लक बुल गार्मेन्ट ट्रेडिङले जनाएको छ ।

मासिक १० लाख उत्पादन क्षमता भएको अजमेरा फेसन कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन् । सन् १९९२ मा स्थापना भएको यो कम्पनी गुजरातको एक नम्बर टेक्सटाइल कम्पनी हो । एक लाखभन्दा बढी विक्रेता भएको कम्पनीले ३० भन्दा बढी देशमा आफ्नो व्यापार विस्तार गरेको छ ।

नेपालमा अजमेराका ठूलो संख्यामा ग्राहक रहे पनि आधिकारिक विक्रेता नहुँदा व्यापार व्यवस्थित हुन नसकेकोले आधिकारिक विक्रेता नियुक्त गरिएको कम्पनीले बताएको छ । यसबाट नेपालमा गुणस्तरीय कपडाको व्यापार संस्थागत हुनुका साथै चोरीनिकासी र अवैध व्यापार निरुत्साहित हुने र पारदर्शी व्यापार संस्कृतिको प्रवर्द्धन हुने कम्पनीको विश्वास छ ।

1

Scroll to Top