काठमाडौंं महानगरपालिकाले २५अर्ब ७६ करोडको बजेट पेश गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।
उनले आगामी आर्थिक वर्षका लागि रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजारको बजेट विनियोजन गरेकी हुन् ।
यो खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ। यो वर्ष महानगरले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। यो खर्च ४४.७२ प्रतिशत र ६३.४२ प्रतिशत हुन आउँछ। असार २७ गतेसम्म महानगरले कुल १० अर्ब ३२ करोड ३० लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।


