Banijya News

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

1
1.1K Shares

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्।

बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ।

सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा सदस्यका रूपमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन्।

ओझामाथि फर्जी कागजात प्रयोग गरी बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति लिएको आरोप लागिरहेको छ। सो विषयमा सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।

1

Scroll to Top