Banijya News

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसनबीच नगदरहीत सम्झौता

1
1.1K Shares

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौँको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन प्रालि–फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र कलेजका तर्फबाट क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे।

सम्झौताअनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूको बिमालेखको सीमासम्म नाबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन प्रालि–फ्रन्टलाइन हस्पिटलबाट नगदरहीत हस्पिटलाईजेसन सुविधा प्राप्त गर्न सकिने छ।

यस अवसरमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले कलेजले आफ्ना ग्राहकहरूलाई ओषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमलेखको सीमासम्म नगदरहीत हस्पिटलाईजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा व्यक्त गरे।

त्यस्तै अस्पतालसँग आवद्ध सदस्यले औषधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने उनले बताए।

क्लिनिकल अध्यक्ष डा.न्यौपानेले अस्पतालसँग सन्तुष्ट सेवाग्रहीको संख्या वृद्धि हुँदै गएको बताए।

कम्पनीबाट बिमा सेवाहरू छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाका लागि कम्पनीसँग हतेमालो गर्दै जाने उनले उल्लेख गरे।

1

Scroll to Top