Banijya News

बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

1
1.2K Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ सय अंकित मूल्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।


उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । बरुण हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।


हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यसमा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

1

Scroll to Top