Banijya News

असार मसान्तसम्म विवरण बुझाउने कम्पनीहरूले ९० प्रतिशत छुट पाउने

1
1.1K Shares

कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले असार मसान्तसम्म कम्पनीहरूले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन बुझाए ९० प्रतिशत छुट दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले यस्तो जानकारी दिएका हुन् ।

‘कम्पनी ऐन २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) मा यो उपदफा प्रारम्भ हुँदाका बखत ऐन बमोजिम कुनै कम्पनीले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी २०८२ असार मसान्तभित्र बुझाए जरिबानामा ९० प्रतिशत छुट दिइनेछ’, सूचनामा भनिएको छ ।

कानुनी व्यवस्था अनुसार कम्पनीहरूले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन ३२ असार अपराह्न ५ बजेभित्र अनलाइन माध्यमबाट ‘क्यामिस’ प्रणालीमा प्रविष्ट गरिसक्नु पर्ने जानकारी दिइएको छ ।

1

Scroll to Top