१० मेगावाटको सिप्रिङ खोला आयोजना सञ्चालन गरिरहेको सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माणाधीन दुई आयोजनामा लगानी गर्ने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १६४ औँ बैठकले दुई आयोजनामा २५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।
सिनर्जीले मध्य होङगुखोला ए जलविद्युत्मा ११ करोड रुपैयाँ र मध्य होङगुखोला जलविद्युतमा १४ करोड रुपैयाँ लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीले दुई जलविद्युत् कम्पनीको २५ लाख कित्ता सेयर किन्ने भएको हो ।
मध्य होङगु एपेक्स मकालु हाइड्रोपावर लिमिटेड र होङगु खोला गौरिशंकर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बनाइरहेका छन् ।


