Banijya News

समयमै काम सम्पन्न नगर्ने आठ कम्पनी कालोसूचीमा

1
1.2K Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने आठ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

यसरी कालोसूचीमा पर्नेहरूमध्ये वीरगञ्जको जीबी मेटल क्राफ्ट इन्डष्ट्रिजलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा उनीहरूलाई कालोसूचीमा समावेश गरिएको हो ।

बाँकी कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् । लालबन्दी नगरपालिकाको सिफारिसमा धनुषाको एसडी कन्स्ट्रक्सन, राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्को सिफारिसमा शर्मा एन्ड कम्पनी र धुलिखेल निर्माण सेवा, पूर्वाधार विकास निर्देशनालय जाजरकोटको सिफारिसमा भेरी नदी निर्माण सेवा, पूर्वाधार विकास कार्यालय कावासोतीको सिफारिसमा आकांक्षा कन्स्ट्रक्सन र गैढहवा गाउँपालिकाको सिफारिसमा पाल्पाको विपिन कन्स्ट्रक्सनलाई कालोसूचीमा समावेश गरिएको हो ।

यसमध्ये शर्मा कन्ट्रक्सन रमेश शर्मा नेतृत्वको कम्पनी हो । उक्त कम्पनी वीर अस्पतालको सर्जिकल ब्लक, मदन भण्डारी राजमार्गको १३५ किलोमिटर, महान्यायाधिवक्ता कार्यालय, नागरिक लगानी कोष, राहदानी विभाग लगायतका ठुला संरचना निर्माण गरेको निर्माण कम्पनी हो ।

1

Scroll to Top