Banijya News

स्थानीय तहको खाता सञ्चालन गर्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने

1
1.1K Shares

अब स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूले वाणिज्य बैंकहरूमा खाता खोल्न नेपाल राष्ट्र बैंकबाट अतिरिक्त स्वीकृति लिनु नपर्ने भएको छ। केन्द्रीय बैंकले आज जारी गरेको परिपत्रमा स्वीकृत वाणिज्य बैंकहरूलाई यस व्यवस्था लागू गर्न निर्देशन दिएको हो। यसअघि, खाता सञ्चालन गर्नका लागि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने थियो।

नयाँ व्यवस्था अनुसार, अब सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन, २०८१) अनुसार, स्थानीय तहअन्तर्गतका समितिहरू, बोर्डहरू र कोषहरूको ‘ग’ समूहलाई अब राष्ट्र बैंकबाट अनुमोदित वाणिज्य बैंकहरूमा खाता खोल्न थप स्वीकृति लिनु नपर्नेछ।

1

Scroll to Top