Banijya News

माओवादीले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अब्बल रहेको प्रचण्डको दावी

1
1.1K Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्।

माओवादी केन्द्र समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पार्टी कुनै हस्तक्षेप नगर्दा पनि आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तह अरूभन्दा निकै राम्रो रहेको बताएका हुन्।

अझै योजनाबद्ध रुपमा अघि बढ्न सके अझै राम्रो गर्न सकिने उनले बताए । प्रचण्डले अहिलेको अपरादर्शी संरचनाका कारण आर्थिक चलखेल हुने गरेको भन्दै त्यसमाथि हस्तक्षेप गरेर इमान्दारीका साथ संस्थाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिए।

देशको राजनीति र विभिन्न संस्थामा माओवादीको नीतिका साथ हस्तक्षेप गर्न चाहेको प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताए।

प्रचण्डले सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको जिकिर गरे। विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल समेत माओवादीको नेतृत्वको सरकारले गरेको उनको भनाइ छ ।

1

Scroll to Top