Banijya News

कालिका लघुवित्तले कमायो १० करोड ८० लाख रुपैयाँ खुद नाफा

1
1.2K Shares

कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३६.३६ प्रतिशतले वृद्धी भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ३६.३६ प्रतिशतले सुधार भएको हो ।

कम्पनीले गत आवमा १० करोड ८० लाख रुपंैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवघिमा कम्पनीको खुद नाफ ७ करोड ९२ लाख रुपैयाँ थियो । खुद ब्याद आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र सञ्चालन आम्दानी वृद्ध हुँदा नाफा वृद्धि भएको हो ।

कम्पनीले खुद ब्याज आम्दानी ३८ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष २५ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी २८ करोड २८ लाखबाट ५२ करोड १ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी ४३ करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ३० करोड ५० लाख रुपैयाँ थियो ।

प्रति शेयर आम्दानी २१.२८ रुपैयाँबाट बढेर २६.५१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३.७९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.६७ प्रतिशतमा उक्लिएको छ ।

वितरण योग्या मुनाफा ६ करोड १९ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८६.४४ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार २९८.९३ रुपैयाँ रहेको छ ।

1

Scroll to Top