Banijya News

उन्नति सहकार्य लघुवित्तले कमायो पाँच करोड २४ लाख रुपैयाँ नाफा

1
1.1K Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९४ लाख रुपैयाँ खुद घाटा ब्योहोरेको थियो । खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र कुल सञ्चालन आम्दानीमा वृद्धि हुँदा नाफामा सकारात्मक प्रभाव परेको हो ।

कम्पनीले ब्याज आम्दानी ५४ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष ५१ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी ४ करोड ३१ लाखबाट ४ करोड ३२ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी ३१ करोड ३६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी २२ करोड ५ लाख रुपैयाँ थियो ।

प्रति शेयर आम्दानी २१.२४ रुपैयाँ छ भने वितरणयोग्य मुनाफा ४ करोड ८ लाख रुपैयाँ छ । प्रति शेयर नेटवर्थ १४८.२१ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ६४०.४८ रुपैयाँ रहेको छ ।

1

Scroll to Top