Banijya News

बागमती सरकारः लामाले राजीनामा दिएर कांग्रेसकै बानियाँ मुख्यमन्त्री बन्ने

1
1.1K Shares

कांग्रेस काग्रेश बागमती प्रदेशका दुई नेताबीच भएको भाले भिडन्त्रको परिमाण आज आउँने भएको छ । संसदीय दलको नेतामा पराजित बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिदै संसदीय दलको नेतामा अर्का नेता इन्द्रबहादुर बानियाँ मुख्य मन्त्री बन्ने भएपछि भाले भिडन्त्रको परिमाण देखिने भएको हो ।

संसदीय दलको नेतामा अर्का नेता इन्द्रबहादुर बानियाँ विजयी भएपछि पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान राखिरहेका लामा पार्टी सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान राखिराखेका लामालाई बिहीबार साँझ कांग्रेस सभापति देउवाले आफ्नै निवास बोलाएका थिए । त्यस दिन मार्गप्रशस्त गर्न सुझाएका देउवाले शनिबार भने मुख्यमन्त्री लामा र अब मुख्यमन्त्री बन्ने बानियाँलाई सँगै राखेर कुरा गरेका थिए ।

सो छलफलमा लामाले राखेका २ सर्त मान्न देउवाले बानियाँलाई निर्देशन दिएका थिए । देउवाको निर्देशन मान्न बानियाँ सहमत भएपछि लामा आज आइतबार राजीनामा दिन तयार भएका हुन् । लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र नयाँ सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहकार्य गर्नुपर्ने सर्त राखेका थिए ।

लामाले संसदीय दलको नेताको विश्वास गुमाएपछि विवादकै बीच साउन १४ गते प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री पदमा नियुक्ति दिएका थिए । तर सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टि र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेर उपचार गर्न काठमाडौं आएपछि ती मन्त्रीको शपथ रोकिएको थियो ।

स्रोतका अनुसार काठमाडौंमा उपचाररत प्रदेश प्रमुख देवकोटा आज हेटौँडा फर्किएमा लामाले प्रत्यक्ष उनलाई राजीनामा बुझाउने अन्यथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत दिने बताइएको छ ।

लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नव निर्वाचित नेता बानियाँ मुख्यमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ । सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् । पूर्वसहमतिअनुसार बानियाँले आगामी फागुनबाट एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेले बताइसकेको छ ।

1

Scroll to Top