Banijya News

सडक विस्तार गर्दा सुरक्षाको विषय अनिवार्य समेटिन्छ: मन्त्री दाहाल

1
1.1K Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताएका छन्। आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल ( नासा)ले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी सम्बन्धि कार्यक्रममा उनले सडक सञ्जाल बिस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको दाबी गरे।

नेपालको भौगोलिक तथा धरातलिय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दहालले बताए। सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

1

Scroll to Top