Banijya News

तेह्रथुम पावरको हकप्रद सेयर बाँडफाँट

1
1.1K Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयर आइतबार बाँडफाँट भएको छ ।

कम्पनीले कायम चुक्ता पुँजी ४० करोड रुपैयाँबराबरको १:१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । जसमा जेठ ४ गतेसम्म कायम शेयरधनीले आवेदन दिएका थिए ।

रितपूर्वक आवेदन दिने शेयरधनीलाई ३५ लाख ८१ हजार २६२ कित्ता बाँडफाँट गरिएको हो । बाँकी रहेको ४ लाख १८ हजार ७३८ कित्ता लिलाली प्रक्रियामार्फत बिक्रीमा आउनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

1

Scroll to Top