हिमालय बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने भएको छ । हबिबले नेशनल लाइफले गरेको प्रस्तावलाई स्वीकार गर्दै आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्न सहमत भएको हो । अव् राष्ट्र बैंकको प्रक्रिया सकिएपछि हबिबको सेयर नेसनल लाइफ इन्स्योरेन्सको नाममा आउनेछ ।
हिमालयको सेयर हत्याउन राजनीतिक पहुचंका आधारमा लाइसेन्सको कारोबार गर्दै आएका व्यापारी दीपक भट्टको लगानी रहेको हिमालयन रीले बैंकको सेयर लिन सम्झौता गरेको थियो ।
भट्ट नेतृत्वको समुहले यो सेयर हत्याउन अनेक दाउपेच गरेपनि अन्तिममा नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयर खरीद गर्न आवेदन दिएका थिए । सुरुमा संस्थापक सेयर धनीहरुसंग प्रस्ताव माग गरिएको थियो । तर, त्यो प्रस्ताव हिमालयन रीकै व्यवस्थापनको डिजाइनमा फेल गराइएको थियो । त्यतिमात्र हैन यही समुहले नै कर्मचारी संचय कोष नै आवेदन दिन रोकेको थियो ।


