Banijya News

बिवाइडीले सार्वजनिक गर्‍यो ‘न्यु बिवाइडी एट्टो १’, कति पर्छ मुल्य ?

1
1.2K Shares

नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बिवाइडी एट्टो १ आधिकारिक रूपमा सार्वजनिक गरेको घोषणा गरेको छ।

सो सार्वजनिक कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बिवाइडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

विश्वव्यापी रूपमा बिवाइडी सिंगल, बिवाइडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बिवाइडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको छ।

वर्ल्ड कार अवार्डमा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित इभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको छ।

‘बिवाइडी एट्टो १ मार्फत हामीले इभी प्रविधिलाई प्रजातान्त्रिकरण गरेका छौ र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौं,’ साइमेक्स इंकका सिइओ साहिल श्रेष्ठले भने, ‘यो एक इन्ट्री लेभल इभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो। यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो।’

बिवाइडीको एड्भान्स्ड इ–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सिटिबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन इभीका लागि विशेष रूपमा बनेको छ।

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बिवाइडी एट्टो १ इभी उपलब्ध हुने छन्। डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटिपी रेन्ज दिन्छ।

त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटिपी रेन्ज दिन्छ। यी दुई भेरियन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रूपैयाँ हुनेछ।

1

Scroll to Top