Banijya News

बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

1
1.2K Shares

पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, ‘कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।’

उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक मस्यौदाको तयारी भइरहेको भन्ने जानकारीले नेपाली समाजमा गम्भीर तरंग र असन्तोष उत्पन्न भएको उल्लेख गरे। श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्।

1

Scroll to Top