Banijya News

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना असम्भव : चन्द्र ढकाल

1
1.2K Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आमनागरिकले हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताएका छन्। राजधानीमा आइतवार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकारात्मक रूपमा लैजानुपर्ने बताएका हुन्। हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उनको भनाइ छ।

जनताको धारणा निजी क्षेत्रप्रति सकारात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उनले बताए।

उनले भने, ‘जबसम्म आममानिसको निजी क्षेत्रप्रति जुन छाप परेको छ। निजी क्षेत्रले गरेको जुन योगदान छ। त्यसलाई सकारात्मक हिसाबले जबसम्म आम मानिसमा त्यो म्यासेज दिन सक्दैनौँ, उनीहरूको धारणा बनाउन सक्दैनौँ तबसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा, पूर्वाधार बढाउने कुरा असम्भव छ।’

उनले सरकारले रोजगार सिर्जना गर्न धेरै गाह्रो रहेको बताए तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रतिष्ठान खोल्यो भने त्यहाँबाट तत्काल धेरैलाई रोजगार दिन सक्ने बताए। उनले निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिएका छन्।

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने पछिल्लो समय फेरिँदै गएको उनको भनाइ छ। सरकारले केही कानूनलाई संशोधन गरेर निजीक्षेत्र मैत्री बनाएको पनि उनले बताए।

1

Scroll to Top