Banijya News

हिमालयन रिइन्स्योरेन्सको नाफा एक अर्ब ३९ करोड रुपैयाँ

1
1.3K Shares

हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा करिब ६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । पूँजी बृद्धिको दबाबमा रहेको यस कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ छ । शेयर प्रिमियममा ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको स्पेशल जगेडा कोषमा १ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी र महाविपत्ति कोषमा १९ करोड ८० लाख रुपैयाँभन्दा बढी छ । स्पेशल जगेडा कोष ८६ प्रतिशत बढ्दा महाविपत्ति कोषमा गत वर्ष कम्पनीले करिब ८५ प्रतिशत बढी रकम कायम गरेको हो ।

गत वर्ष १७ दशमलव ४५ प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले ३० दशमलव ७६ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खुुद बीमाशुल्क आर्जन गर्दा ३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो ।

यस अवधिसम्म कुल सम्पत्ति २३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व भने ६ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५५ रुपैयाँ ९ पैसा छ ।

1

Scroll to Top