Banijya News

इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चार स्वास्थ्य संस्था सूचीकृत

1
1.4K Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ।

मन्त्रालयका अनुसार, सूचीमा परेका संस्थाहरूमा स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, र किष्टल डायग्नोष्टिक प्रा.लि. रहेका छन्। यसैगरी, नेपाल मेडिसिटी हस्पिटलको सूचीकरण प्रक्रिया भने हालका लागि स्थगित गरिएको छ।

उच्च अदालत पाटनले इजरायलमा कामदार पठाउनका लागि पाँच स्वास्थ्य संस्थालाई सूचीकरण गर्न आदेश दिए पनि मन्त्रालयले अहिले चारवटालाई मात्र सूचीमा राखेको हो। यस निर्णयले वैदेशिक रोजगार प्रक्रियालाई थप व्यवस्थित बनाउन खोजेको देखिन्छ।

1

Scroll to Top