सेयर बजारमा सूचीकृत सबैजसो बीमा कम्पनीहरूले सेयर लगानीकर्तालाई २०८०/८१ को नाफापछि लाभांश दिएका छन्। बीमा कम्पीहरूले प्रायः एक वर्ष ढिलो गरेर लाभांश दिँदै आएका छन्। केही कम्पनीले गत पुसमै २०८०/८१ को नाफापछि लाभांश दिएका भएपनि केही कम्पनीले गत महिनासम्म लाभांश दिँदै थिए।
दुई वर्षको लाभांशको आशामा यस्ता कम्पनीको मूल्य घटेको समयमा किनेर राख्ने प्रवृत्ति देखिने गरेको छ। यही कारण यी कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण समेत देखिने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै लाभांश दिने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ३० प्रतिशत लाभांश दिएको छ।
कम्पनीले नगद लाभांश दिएको हो। त्यस्तै, एनएलजी इन्सुरेन्सले सबैभन्दा कम २.६३ प्रतिशत लाभांश दिएको हो।
कुनले कति दिए बोनश र नगद ?
सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ३० प्रतिशत नगद लाभांश दिने भएको छ भने आईएमई लाइफ इन्सुरेन्सले २१.०५ प्रतिशत नगद लाभांश मात्र दिनेछ। सूर्य ज्योति लाइफ इन्सुरेन्सले २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। नेपाल लाइफ इन्सुरेन्सले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्नेछ।
सिटिजन लाइफ इन्सुरेन्सले २६.९८ प्रतिशत बोनस र १.४२ प्रतिशत नगद गरी कुल २८.४ प्रतिशत लाभांश दिने भएको छ। प्रभु इन्सुरेन्सले १८ प्रतिशत बोनस र ०.९५ प्रतिशत नगद लाभांश दिनेछ भने नेपाल इन्सुरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद दिने घोषणा गरेको छ। नेशनल लाइफ इन्सुरेन्सले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ। रिलायबल नेपाल लाइफ इन्सुरेन्सले १२ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिनेछ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, शिखर इन्सुरेन्स, र युनाइटेड अजोड इन्सुरेन्सले समान रूपमा १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने भएका छन्। सनिमा रिलायन्स लाइफ इन्सुरेन्सले १.२४ प्रतिशत बोनस र ९.२४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। आईजीआई प्रुडेन्टियल इन्सुरेन्सले ९.७४ प्रतिशत नगद लाभांश दिनेछ भने हिमालयन एभरेष्ट इन्सुरेन्सले ८.७५ प्रतिशत नगद वितरण गर्नेछ।
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद, सनिमा जीआईसी इन्सुरेन्सले ८ प्रतिशत बोनस र ०.३९ प्रतिशत नगद, र नेको इन्सुरेन्सले ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश दिनेछन्। एशियन लाइफ इन्सुरेन्सले ५.१ प्रतिशत बोनस र ०.२७ प्रतिशत नगद, हिमालयन रिइन्सुरेन्सले ४.५ प्रतिशत बोनस र ०.२४ प्रतिशत नगद, र एनएलजी इन्सुरेन्सले २.५ प्रतिशत बोनस र ०.१३ प्रतिशत नगद लाभांश दिने भएका छन्।
सन नेपाल लाइफ इन्सुरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने यो वर्ष कुनै लाभांश नदिने निर्णय गरेका छन्।कम्पनी बोनस (%) नगद (%) आर्थिक वर्ष सिद्धार्थ प्रिमियर इन्सुरेन्स ० ३० २०८०/८१ सिटिजन लाइफ इन्सुरेन्स २६.९८ १.४२ २०८०/८१ आईएमई लाइफ इन्सुरेन्स ० २१.०५ २०८०/८१ नेपाल लाइफ इन्सुरेन्स १० ११.०५ २०८०/८१ सूर्या ज्योति लाइफ इन्सुरेन्स ० २० २०८०/८१ प्रभु इन्सुरेन्स १८ ०.९५ २०८०/८१ नेपाल इन्सुरेन्स १५ ०.७९ २०८०/८१ नेशनल लाइफ इन्सुरेन्स ५ १० २०८०/८१ सगरमाथा लुम्बिनी इन्सुरेन्स ० १५ २०८०/८१ रिलायबल नेपाल लाइफ इन्सुरेन्स १२ १ २०८०/८१ लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल १० १ २०८०/८१ शिखर इन्सुरेन्स १० ०.५३ २०८०/८१ युनाइटेड अजोड इन्सुरेन्स १० ०.५३ २०८०/८१ सनिमा रिलायन्स लाइफ इन्सुरेन्स १.२४ ९.२४ २०८०/८१ आईजीआई प्रुडेन्टियल इन्सुरेन्स ० ९.७४ २०८०/८१ हिमालयन एभरेष्ट इन्सुरेन्स ० ८.७५ २०८०/८१ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स ८ ०.४२ २०८०/८१ हिमालयन लाइफ इन्सुरेन्स ० ८ २०८०/८१ सनिमा जीआईसी इन्सुरेन्स ८ ०.३९ २०८०/८१ नेको इन्सुरेन्स ७ ०.३७ २०८०/८१ एशियन लाइफ इन्सुरेन्स ५.१ ०.२७ २०८०/८१ हिमालयन रिइन्सुरेन्स ४.५ ०.२४ २०८०/८१ एनएलजी इन्सुरेन्स २.५ ०.१३ २०८०/८१ सन नेपाल लाइफ इन्सुरेन्स ० ० २०८०/८१ राष्ट्रिय बीमा कम्पनी ० ० २०८०/८१


