Banijya News

मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सञ्चालनमा आउने

1
1.4K Shares

मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आउने भएको छ। हट एयर बेलुन उडान भदौ ३० देखि पुनः सञ्चालनमा ल्याउन लागिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए।

हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष बाडे बताउँछन्।

कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हट एयर बेलुनमा उडान गर्दै आएको छ। बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट, मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।

कम्पनीले हाल २ वटा बेलुन उडाउँदै आएको छ। पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बाडेले जानकारी दिए। उनका अनुसार बिहान र बेलुकी गरी दुई सिफ्टमा बेलुन उडाइनेछ।

बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए। कम्पनीका अनुसार तीन वर्ष उमेर पुगेका व्यक्तिले हट एयर बेलुनमा उड्न सक्नेछन्।

1

Scroll to Top