Banijya News

उपसभामुख हटाउने कांग्रेस–एमालेको प्रयासप्रति रास्वपाको आपत्ति

1
1.1K Shares

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुखजस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको टिप्पणी गरे ।

प्रमुख सचेतक परियारले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनीसमेत दिए।

यस्तै प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले उपसभामुख इन्दिरा राना मगरमाथि उठेका प्रश्नको समाधानका लागि न्यायिक छानबिन हुनुपर्ने बताए । रानामाथिको आरोपको छानबिन हुनुपर्ने तर संवैधानिक परिषद्मा बहुमत पुर्‍याई आफन्तको भर्ती केन्द्र बनाउने प्रवृत्ति मान्य नहुने उनको भनाइ छ ।

1

Scroll to Top