विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले दशैँ–तिहारलाई लक्षित गर्दै नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ।
अघिल्लो संस्करणमा प्राप्त उत्साहजनक सफलतापछि यसपटकको क्याम्पेनलाई अझ आकर्षक बनाइने कम्पनीले जनाएको छ। इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई सम्मान गर्न विशेष पुरस्कारसहित यो अभियान ल्याएको हो।
क्याम्पेनमा सहभागिता जनाउने ड्राइभरहरूले विभिन्न स्तरका आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन्।
ग्रान्ड प्राइजस् टाटा एक्सप्रेस–टी ईभी (क्याब ड्राइभरका लार्गि) र टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडरका लागि)
साप्ताहिक पुरस्कार : स्मार्टफोन, स्मार्टवाच, इयरबड्सलगायत प्रिमियम ग्याजेटहरू
क्याम्पेन दुई चरणमा सञ्चालन हुनेछ:
च्यालेन्ज वान वीक : भाद्र ९–१५, २०८२ (अगस्ट २५–३१, २०२५)
च्यालेन्ज थ्री विक्स : भाद्र १६–असोज ५, २०८२ (सेप्टेम्बर १–२१, २०२५)
यस अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्ने ड्राइभरहरू साप्ताहिक पुरस्कारका लागि योग्य हुनेछन्। सबै चरणमा प्लेटिनम स्ट्याटस कायम गर्ने ड्राइभरहरू ग्रान्ड प्राइज जित्ने अवसरका लागि योग्य हुनेछन्।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले भनिन्, “हामी प्रतिज्ञाअनुसार ठूलो र राम्रो अभियानसहित फर्किएका छौं। हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा छन् र उनीहरूको मेहनतलाई सम्मान गर्न पाउनु हाम्रो गौरव हो। यस दशैँ–तिहारलाई अझ उत्सवमय बनाउन हामीले मेगा गिभअवे ल्याएका छौँ।”
इनड्राइभले चालकहरूलाई अझ धेरै राइड पुरा गरी बढीभन्दा बढी पुरस्कार जित्ने अवसर उपयोग गर्न आग्रह गरेको छ।


