प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने एमालेका मुख्यसचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्रीले भदौ १४–१८ गतेको चीन भ्रमणबारे पनि जानकारी गराउनेछन् । “भोलिको बैठकमा प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ । चीन भ्रमणको जानकारी पनि गराउनुहुनेछ,” बर्तौलाले भने ।


