Banijya News

राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिमा

1
1.2K Shares

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त)मा लगेको छ ।

सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति भनेपछि उनको स्थानमा खतिवडालाई लगिएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

संघीय निजामती विधेयक अन्र्तगत कुलिङ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवारी ठहर्याएपछि खतिवडाले सभापतिबाट राजीनामा दिएका थिए ।

1

Scroll to Top