नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनमा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि भदौ १४ गते चीन पुगेका प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटघाट पनि गरिरहेका छन्।
आज उनी रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटघाट गर्दैछन्। यसअघि उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि अनौपचारिक भेटवार्ता गरेका थिए, जसको तस्बिर मोदीले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।


