Banijya News

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने

1
1.3K Shares

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

आज सम्पन्न सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले आफ्ना तर्फबाट हस्ताक्षर गरेका छन्।

कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली, २०८१ र बाँडफाँडसम्बन्धी निर्देशिका अनुसार आवश्यक स्वीकृति नियामक निकायबाट प्राप्त गरी निकट भविष्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने जनाएको छ।

“गोठदेखि भान्सासम्म” भन्ने मूल नाराका साथ स्थापना भएको कम्पनीले दही, घ्यू, चकलेट, पनीर लगायतका दुग्धजन्य पदार्थ उत्पादन तथा प्याकेजिङ गर्ने उद्देश्य लिएको छ। हाल धनुषा जिल्लाको गोदारस्थित २ बिघा जग्गामा ३५ वटा जर्सी र होल्स्टोन जातका गाईबाट दैनिक २०० लिटरभन्दा बढी दूध उत्पादन गर्दै बजारमा वितरण गरिरहेको छ।

कम्पनीले छिट्टै ६५ वटा गाई थप गरी गाईको संख्या १०० पुर्‍याउने तयारी गरेको छ। साथै, दुग्ध उत्पादनलाई थप संगठित र व्यवस्थित बनाउन प्याकेजिङ उद्योग स्थापना गर्ने र अनुसन्धानमार्फत अग्रणी तथा प्रतिष्ठित कम्पनीका रुपमा विकसित हुने लक्ष्य लिएको छ।

1

Scroll to Top